नयाँदिल्ली । मिस युनाइटेड नेसन्स ग्लोबल २०२४ को उपाधि नेपालकी सब्बु महर्जनले चुम्नुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित डैजल मिस एण्ड मिसेज युनाइटेड नेसन्स २०२४ मा नेपालबाट प्रतिनिधित्व गर्नुभएकी महर्जनले मिस युनाइटेड नेसन्स ग्लोबल २०२४ को उपाधि जित्न सफल हुनुभएको हो । यस प्रतियोगितामा विभिन्न देशहरूबाट सहभागीहरू आएका थिए ।






