सर्केगाड बजारको झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या बढ्दै

दाने बोहरा हुम्ला, संवाददाता

२०४० सालमा निर्माण भएर अहिले जीर्ण बन्दै गएको हुम्लाको सर्केगाड गाउँपालिकाे केन्द्र सर्केगाड बजारमा रहेको झोलुङ्गे पुल । तस्विरः दाने बोहरा/हिटा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारको कर्णाली नदीमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै जाँदा आवतजावतमा समस्या बढ्दै गएको छ ।

२०४० सालमा निर्माण भएको उक्त नदीको झोलुङ्गे पुल मर्मतका लागि कोही कसैले चासो नदिँदा जीर्ण बन्दै गएको स्थानीय तथा साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताउनुभयो । सर्केगाड झोलुङ्गे पुलको दाँया तर्फको जाली र लठ्ठा अडाउने पोल नभएको कारण आवत जावतमा थप जोखिम बढ्दै गएको पालले बताउनुभयो । गाउँपालिका, सम्बन्धित सरोकारवाला निकायले पुल संरक्षण तथा मर्मतका लागि चासो नदेखाएको स्थानीयबासिन्दाको गुनासो छ ।

ADVERTISEMENT

यो पुलबाट हाल तीनवटा विद्यालयका विद्यार्थीले आवतजावत गर्नुका साथै इलाका प्रशासन कार्यालय सर्केगाडमा कार्यरत कर्मचारी, प्रहरी चौकी, इलाका वन कार्यालय कर्मचारीका साथै अन्य सेवाग्राही स्थानीयबासिन्दाहरुले दैनिकरुपमा आवतजावत समेत गरिरहेका छन् । झोलुङ्गे पुल मर्मत संभारमा समयमै ध्यान दिनु पर्ने र यसको विकल्पका रुपमा अर्को पुल निर्माण आवश्यक रहेको स्थानीय बताउने गरेका छन् । यही पुल तरेर इलाका प्रशासन कार्यालयमा दक्षिण भेगका चारवटा गाउँपालिकाका सेवाग्राहीले सेवा लिन दैनिक आवतजावत गर्ने गरेका छन् ।

विभिन्न पार्टी, संस्था र सरोकारवाला निकायले सदरमुकाम सिमकोटपछिको दोस्रो ठूलो बजार सर्केगाडमा विभिन्न अभियान, कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि पुल मर्मतमा कसैको ध्यान जान नसकेको हो । यस्तै पुलका विचमा काठ मात्रै रहेको छ । त्यहि अधिकांस काठपनि कुहिन लागेको स्थानीयले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज