
इलाम । फूलैफूलको पर्व तिहार आजदेखि सुरु भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ ।
काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
यो सँगै घरघरमा तिहारको रौनक सुरु भएको छ । फूलबारीहरूमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजुभाइ पूजा गर्न, सयपत्री फूल नै प्रिय मानिन्छन् । खासगरी कुकुर पूजा, गाई हुँदै गोवर्धन पूजा र भाइटीकामा सयपत्री, मखमली जस्ता फूल बढी प्रयोग हुन्छ ।
इलाममा यस बर्ष धेरै स्थानमा फुलेका अधिकांश बोटमा फूल फूलिसकेका छन भने केही बोटहरुमा भर्खर कोपिला मात्रै लाग्दै गरेको देखिन्छन । आँगनीडिलमा फुलेका सयपत्री र मखमली फूलले सबैको मन लोभ्याएको छ ।
ढकमक्क फूलले सबैलाई तिहार आएको आभास भएको छ । घरमै फुलेका फूलको मालाले यो वर्षको तिहारमा आफ्ना दाजुभाइकोे ‘गला’ सजाइदिने धेरैको योजना रहेको थियो । तिहारका वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फूलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुसी छुट्टै हुने गरेको छ ।
यता सयपत्री र मखमली फुल आवश्यक मात्रमा जिल्लामा देखिनु पर्नेमा तिहारका लागि लक्षित गरि फुल तथा अन्य सामान विक्री गर्दै आएका व्यापारीहरुले प्राकृतिक फुलको सट्टामा कागज, प्लाष्टिकका मालहरु विक्री वितरण गरिरहेका छन् । तिहारमा सयपत्री फुलको विशेष महत्व रहेको बुढापाका बताउँनुहुन्छ ।
इलाममा परापूर्वकालदेखि नै लगाईदै आएको सयपत्री फूल ठाउँ विशेष अनुसार थुँगे फूल, हजारी फूल आदि नामले पनि चिनिन्छ । परम्परागत रुपमा विभिन्न प्रयोजनको निम्ति रोपिने सयपत्री फूल नयाँ प्राविधिक ज्ञान सीप र दक्षता बढाएर ब्यवसायिक बनाउन सके यसले आर्थिक क्षेत्रलाई पनि योगदान दिन सक्छ । सयपत्री फूलको अभाव टार्न एवं आय आर्जनको मार्ग फैलाउन सजिलो माध्यम सयपत्री फूल बन्ने देखिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच