काठमाडौं । रोटरी क्लब अफ कपन आरआई डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानको स्थापना दिवस तथा डिस्ट्रिक्ट गभर्नर भिजिट कार्यक्रम क्लबका अध्यक्ष नियुक्ति शेर्पाको अध्यक्षता तथा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा डिस्ट्रिक्टका पूर्वगभर्नर सञ्जय गिरी, नोमिनी डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, सचिव अशोकमान कपाली, आरआई प्रोग्राम कमिटी चियर दुर्गा सुवेदी, क्लबका एजी रूपेश श्रेष्ठ, एजी एवं भादगाउँ क्लबका पूर्वअध्यक्ष सिपी आचार्य, चार्टर्ड प्रेसिडेन्ट कृष्णकुमार श्रेष्ठ, क्लबका मानार्थ सदस्य राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला(प्रदिपकुमार राई) र अर्का मानार्थ सदस्य साहित्यकार हेम प्रभास, बालबालिका अधिकार एवं महिला उत्थान कार्यक्रमकी चियर रमिला शाक्यलगायत रोटरी क्लब अफ कपनका सदस्यहरूको उपस्थिति थियो । क्लबमा सात नयाँ सदस्यलाई पदस्थापना गराइएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता