हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्लाले बिरोध र्याली निकालेको छ। हेटौंडा उपमहानगरपालिका १० स्थित राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला पार्टी कार्यालयमा भेला जम्मा भइ रास्वपा युवा सङ्गठन द्रूत कार्य टोली (RAT) नेपाल मकवानपुरको आयोजनामा रास्वपा केन्द्रिय सभापति रवि लामिछाने पक्राउकाे कारणा राजनीतिक प्रतिशोध भएकाे भन्दै अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी तथा बिरोध कार्यक्रम अनुसार -याली निकालिएको हो ।
उक्त -याली द्रुत कार्य टोली (RAT) बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा रास्वपा मकवानपुर सङ्गठन विभाग प्रमुख विशालराज महत , रास्वपा हेटौंडा उपमहानगर समिति उपसभापति हरि बहादुर कुवर , रास्वपा हेटौंडा उपमहानगर ०४ न. वडा समिति सभापति रामहरि प्रसाईं अन्य नेताकार्यकर्ताहरु लगायत करिब २५० जनाको उपस्थितिमा ब्यानर, पम्प्लेट र राष्ट्रिय झण्डाबाेकेर सुरु गरिएकाे थियो ।
सहभागीले भ्रष्ट सरकार चाहिदैन, नेपाली जनता के भन्छ ? बिधिको शासनले भन्छ , दलाल माफिया होसियार, दुई तिहाइको पाराले दुख पाए साराले, भ्रष्ट सेक्ने आशामा राष्ट्र सेवक बाटामा, सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दाबादलगायतका नारा लगाएका थिए ।
उक्त र्याली पार्टी कार्यलय, भुटनदेवी मोड, टिसियन रोड, बसपार्क, जिप्रका मोड, राप्ती रोड, बुद्ध चोक, मेन रोड, उद्योग बाणिज्य संघ चोक, लोकप्रिय चोक, मानस चोक, काङ्ग्रेस चोक, संगम चोक, कान्तिराजपथ, स्कुल रोड हुँदै सिमा चोकमा पुगि कोणसभामा परिणत भएकाे थियो।
वागमति प्रदेश संयाेजक महेन्द्र श्रेष्ठकाे सभाध्यक्षता तथा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद विन्ध्ववासिनि कंसाकारकाे प्रमुख आतिथ्यतामा भएकाे काेणसभालाइ सम्बाेधन गर्दै प्रमुख अतिथि कंसाकरले रवि लामिछानेलाइ जेलमा राखेर सहकारी पीडितकाे बचत कसरी फिर्ता गर्ने तर्फ नभर जेल अवधि लम्बाउने तर्फ मात्र ध्यान दिइएकाे बताउनुभयो । उहाँले दुई तिहाइकाे सरकारले मुलुकमा दम्भ सिर्जना गरिरहेकाे बताउँदै राष्ट्रिय स्वतन्त्रत पार्टीलाई सकाउन लागी परेकाे आराेप लगाउनु भयाे ।
संगठन विभाग प्रमुख विशाल राज महतले काेणसभालाइ सम्बाेधन गर्नुहुँदै भन्नुभयो,"जसले विराेधि कित्तामा राखेका छन तर हामी झाेले कार्यकर्ता हाेइनाै, स्थापना भएकाे दुई बर्षमा हामीले धेरै जनमत प्राप्त गरिसकेका छाै।" हाम्राे सभापतिलाइ हटाउनकै लागि संसदिय समिति गठन गर्याे र फसाउने मुल उद्देश्य राख्याे तर समितिले कुनेै निष्कर्ष निकाल्न नसक्दा पनि सरकारले , रवि लामिछानेलाइ निष्कासन गर्नु भनेकै भ्रष्टाचार, बेथिति, अनियमिततालाइ बढावा दिनु हाे। उहाँले भन्नुभयो ।" सरकार साच्चिकै न्यायप्रेमि हुँदो हो भने ललिता निवास काण्ड लगायतका विभिन्न काण्डप्रति ध्यान दिइन्थ्याे तर रवि लामिछानेलाई फसाउने तिर मात्र ध्यान रहेको दावी गर्नुभयो ।






