दाङ । बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीस्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले आज विहान आत्महत्या गरेका हुन् । वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
उनले आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए । गत असोज २४ मा भालुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित सशस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा