
काठमाडौं । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२४ को उपाधि डेनिला कार्कीले चुम्नुभएको छ । शनिबार राति प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा उहाँलाई विजेता घोषणा गरिएको हो । मिसेस नेपाल वल्र्डको ताजसँगै कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउनुभएको छ ।
मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जित्नुभयो । यी दुई विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ । रबिन इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेण्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित हुनुभएको थियो ।
सो अवसरमा हास्य साम्राज्ञी वसुन्धरा भुसाललाई मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२४ को उपाधि अर्पण गरिएको थियो । उहाँलाई माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले क्राउन लागाइदिनुभएको थियो । विभिन्न सांगीतिक प्रस्तुतिसहित आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको थियो ।
जसमा मायाँ लामाले पब्लिक च्वाइस, फेसबुक च्वाइसहितको उपाधि, नानु सिंहले भ्युअर्स च्वाइस, मोष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाइस्, अनु कार्कीले वेष्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले वेष्ट र्याम्प वाक, नेहा कर्णले वेष्ट स्माइल, अम्बिका गौतमले मष्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना व्यञ्जनकारले वेष्ट पर्सनालिटी, सृष्टि अर्यालले वेष्ट फिजिक, सिमरन कार्कीले फेशन आइकोन, सुसिला केसी दाहालले मोष्ट क्रियटिभ, सिर्जना श्रेष्ठले वेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्याले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गर्नुभएको थियो । त्यसैगरी भ्युअर च्वाइस, मोष्ट टयालेन्टेट, मल्टिमेडिया चोइसको टाइटल नानु सिंह घोषित हुनुभएको थियो ।
प्रतियोगितामा चर्चित कोरियोग्राफर अश्वनी झाले कोरियोग्राफी गर्नुभएको थियो । रिबनका सिईओ निशुकान्त झाले प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको बताउँदै अगामी संस्करण अझ यो भन्दा भव्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धीरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टीकाराम बुढाथोकीलगायत रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच