काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल अन्तर्गतको अन्तिम खेल अवरुद्ध हुन पुगेको छ। नेपाल र भारतबीचको खेल दोश्रो हाफको खेल सुरु भएको केहीबेरमा भारतले नेपालमाथि गोल गरेको थियो ।
भारतले खेलको ७०औ मिनेटमा गोल गरेर १-० को अग्रता लिएको थियो । त्यसपछि खेल शुरु भएपछि नेपालले लगतै गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले विरोध गरिरहेकाे छ ।
रेफ्रीले खेल सुरु भएको ह्वीसिल बजाएपछि नेपालका खेलाडीले खेल सुरु गरेका थिए ।
अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरु छलफलमा रहेका छन् ।
यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् ।
साफ महिला फुटबल प्रतियोगितामा नेपालका खेलाडी रेखा पौडेलले रातो कार्ड पाए पछि र नेपालले प्रहार गरेको गोललाई मान्यता नदिए पछि दसरथ रंगशालामा खेल केही बेर रोकिएको छ । नेपाली समर्थकले पानीको बोतल समेत प्रहार गरेका छन् ।






