हेटौंडा। मकवानपुर प्रहरीले ६ सय ईम्पुल अवैध लागुओैषधसहित दुइजनालाई नियन्त्रणमा लिएको छ ।
हेटौडा उ.म.न.पा. वडा नं. १५ पिपलबोट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्वरको स्कुटरबाट ईलाम जिल्ला एकथापा गा.पा.वडा नं. ०६ बस्ने वर्ष ३५ को दिपेश श्रेष्ठ र स्कुटर पछाडी बस्ने जिल्ला पर्सा पोखरीया न.पा. वडा नं. ०६ बस्ने वर्ष २४ को लालबाबु पासवानलाई पक्राउ गरि आवश्यक कारबाही सुरु गरेको हो ।
उनीहरुको साथबाट लागूऔषध फेनार्गन २०० एम्पुल, नुर्फिन २०० एम्पुल र डाईजेपाम २०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिएका श्रेष्ठ र पासवानलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध मुद्धा कसुरमा ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts