रौतहट । रौतहटको गरुडा नगरपालिकाका १० टिममध्ये सर्वोत्कृष्ट गेडहीगुठी भएको छ ।
नगरपालिका ९ टिमलाई हराउँदै गेडहीगुठीले २० दिनदेखि जारी मेयर कप सिजन- ३ प्रिमियम लिग २०८१ जित्दै नगरको सर्वोत्कृष्ट टिम बन्न सफल भएको हो ।
गरुडा नगरपालिकाको सहयोगमा युथ क्लब अफ रौतहटले आयोजना गरेको लिगमा नगरपालिकाका सम्पूर्ण वडाबाट एक एकवटा वडास्तरीय टिम गरी नौ र आयोजक टिम गरी १० टिमको सहभागिता रहेको थियो ।
शनिवार गरुडाको चिनीमिलस्थित फिल्डमा भएको वडा नम्बर-२ गेडहीगुठी र वडा नम्बर-८ बसबिटी जिंगडिया बिचको लिगको फाइनल खेलमा वडा नम्बर २ गेडहीगुठीले बाजी मारेको छ ।
प्रिमियमलिगमा प्रथम हुँदै गेडहीगुठीले नगरपालिकाबाट प्रदान गरिने ८१ हजार र दोस्रो हुँदै चित्त बुझाउनु पर्याे, जिंगडियाले ४१ हजार रुपैयाँ नगदका साथै कप र अन्य विभिन्न पुरस्कारहरु प्राप्त गर्याे ।
विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै गरुडा नगरपालिकाका नगर
प्रमुख कन्थमनिप्रसाद कल्वारले गरुडा मेयर कप एउटा राम्रो खेलको रुपमा स्थापित हुन पुगेको बताए । नगरभित्रका खेलाडीहरुले प्रतिभाको प्रदर्शन गर्ने राम्रो
अवसर पाएको उनले बताएका छन् ।
नगर प्रमुख कल्वारले खेलाडीहरुले देखाएको अनुशासन प्रशंसनीय भएको बताउँदै प्रतियोगिताको फाइनल खेलमा देखिएको दर्शकको सहभागिताले आफूलाई पनि हौसला दिएको अभिव्यक्ति दिएका छन् ।
उनले गरुडामा नगरस्तरीय खेलकुद मैदानको लागि आफूहरुले जमिन खोजिरहेको बताउँदै निकट भविष्यमा सुखद समाचार आउने संकेत पनि गरेका छन् ।
आफ्नो वडाको टिम जितेकोमा खुसी व्यक्त गर्दै वडा नम्बर २ गेडहीगुठीका
वडाध्यक्ष कृष्णनन्दन सहनीले टिमलाई एक लाख ५ हजार रुपैया पुरस्कार प्रदान
गर्ने घोषणा गरे । खेलको आरम्भदेखि नै गेडहीगुठीको टिमले
दर्शकहरुको साथ पाएकाे थियाे भने वडाध्यक्ष सहनीले आफ्ना खेलाडीहरुको उत्साह बढाउन विभिन्न पुरस्कारको घोषणा गरिरहेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष रामविनोद साहले गरुडा नगरपालिकाले
खेलकुदको क्षेत्रमा अत्यन्तै रामे काम गरिरहेको बताउँदै खेलकुदप्रति
युवाहरुको उत्साह बढेको बताए ।
फाइनल खेलमा गेडहीगुठीको तर्फबाट आठ विकेट ढलेपछि जमेका धीरज सहनी र
मनोज सहनीको जोडीले ६४ रनबाट २०१ रनको बलियो स्कोरमा पुर्याएको
थियो । मनोज सहनीले २४ बलमा १ रन बनाएका थिए । धीरज सहनी र मनोज
सहनीको जोडीले खेलमा नयाँ मोड ल्याउँदै यस सिजनकै सर्वाधिक रन बनाउने
टिमको रुपमा स्थापित गरेका थिए । २० ओभरमा २१७ रन बनाउँदै २१८ को लक्ष्य
गेडहीगुठीले जिंगडियालाई दिएको थियो ।
हजारौँ दर्शक उपस्थित खेल निकै रोमाञ्चक भएको थियो ।
=सञ्जय मिश्र







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts