रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बलियो कांग्रेसबाट मात्रै मुुलुकमा विकास र समृद्धि सम्भव भएको धारणा राख्नु भयो ।
नेपाली कांग्रेस सिद्धार्थनगर समिति, रुपन्देहीले शनिबार रुपन्देहीको भैरहवामा आयोजना गरेको क्रियाशील भेला, सम्मान समारोह तथा दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले कांग्रेसलाई बलियो बनाउने दायित्व पनि कांग्रेसकै रहेको उल्लेख गर्नु भयो ।
‘बलियो कांग्रेसले मात्रै विकास समृद्धि ल्याउँछ, मुलुकमा स्थापित व्यवस्थालाई बलियो र सफल बनाउन पनि कांग्रेस बलियो हुनुपर्छ,' उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायीत्वको लागि पनि कांग्रेस बलियो हुनुपर्छ ।’ उहाँले मुुलुुकलाई अप्ठ्यारो परेको बेला कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको पनि उल्लेख गर्नु भयो ।
सविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले खान विकासप्रेमी नेताको पराजयले ठूलो नोक्सानी भएको उल्लेख गर्दै सबै जातजाती, धर्म, समुदायको भावना बुझ्ने नेता बालकृष्ण खाण रहेको दावी गर्नु भयो । उहाँले नागरिकको चाहना बमोजिम नगरको विकास भइरहेको चर्चा गर्दै केही समयमै महत्वपूर्ण कामको परिणाम देखिने बताउनु भयो ।
कार्यक्रममा नगर समितिका संस्थापक तथा पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो । संस्थापक सभापति बलराम गौतम, सचिव दीर्घराज काफ्ले, पूर्व नगर सभापति दीपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, दिलिप धिताल, परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा रहेका दिपेन्द्रमान श्रेष्ठ र कलमको माध्यमबाट परिवर्तनलाई अगाडी बढाएको भन्दै अग्रज पत्रकार दिलिप भट्टराईलाई सम्मान गरिएको थियो ।
नगर सभापति कोशिस बहादुर खड्काको सभापपित्व, कार्यक्रम संयोजक एवं नगर उपसभापति देवराज न्यौपानेको संयोजकत्व तथा नगर सचिव अनिल कुमार के.सी.को सञ्चालनमा भएको कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाही, पार्टीको रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, पूर्व सांसद प्रमोद कुुमार यादव, लुुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर वडा नम्बर ९ का वडा सभापति श्यामसुन्दर खनालल गायतले बोल्दै कांग्रेसको जग क्रियाशील सदस्य रहेको भन्दै क्रियाशीलको भावना अनुसार कांग्रेस अगाडि बढ्नुुपर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदको उम्मेदवारहरु कांग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर २ मा वडा अध्यक्षको उम्मेदवार बनेका सुनिल कुमार पुन र १३ मा उम्मेदवार बनेका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् । पुन ७ मतले पराजित भएका थिए । जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाअध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाणले पार्टीमा स्वागत गर्नु भयो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts