मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले केही सहकारीमा भएको अनियमितताको कारण सर्वसाधारण बचतकर्ताहरु आत्तिएको बताउनु भएको छ ।
शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले उद्येश्य अनुसारको ऋण सदुपयोग भए नभएको हेर्नुपर्ने सुझाव दिनुभयो ।
दिव्यतारा सहकारीको संस्थापक अध्यक्ष समेत रहेकी डीनाले आफ्नो सहकारीको नाम समेत जोडेर केही अफवाह फैलाएको पाइएको बताउनुभयो ।
‘देशको विभिन्न स्थानमा सहकारीको वचतकर्ता पीडित भैरहेको अवस्थामा केही तत्वले हाम्रो दिव्यतारा सहकारीको नाम पनि जोडेर विभिन्न अफवाह फैलाएको पाएको छु । दिव्यतारा सहकारीमा कुनै अपचलन थिएन र हुन पनि दिन्नौं’, उहाँले भन्नुभयो । बहुक्षेत्रमा काम गर्ने पवित्र उद्देश्यसहित करिब ३ दशक अघि दिव्यतारा स्थापना गरिएको स्मरण गर्दै उनले आफू रहुञ्जेल कुनै अनियमितता हुन नदिने ठोकुवा गर्नुभयो । ‘बहुउद्देश्यीय सहकारीको मर्म अनुरुप काम गरिरहेका छौं । कसैले कुदृष्टी राख्दैमा दिव्यतारा सहकारी सक्किँदैन’, उहाँले भन्नुभयो ‘कुनै वचतकर्तालाई अप्ठ्यारो पार्ने काम हामीबाट हुँदैन ।’
सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा सहकारी बोर्ड बागमती प्रदेश उपाध्यक्ष नारायणप्रसाद देवकोटा, समस्याग्रस्त सहकारी समाधान समितिका प्रदेश सदस्य यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, दिव्यताराद्वासा सञ्चालित रेडियो मकवानपुरका सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, युवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु गौतम, दिव्यतारा सहकारीका भरतपुर प्रमुख पार्वती शाह, सहकारीका कार्यसमिति सदस्य सर्मिला डंगोल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा सहकारीका ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट वचतकर्तासहित विभिन्न विधाका उत्कृष्ट सदस्यलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts