शिक्षक संघ नवलपरासीद्वारा नेतृत्व विकासको तालिम सम्पन्न
Read Time = 4 mins
नवलपरासी । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति नवलपरासीले एक दिने नेतृत्व बिकाससम्वन्धी तालिम सम्पन्न गरिएको छ ।
शनिबार बर्दघाटको दाउन्नेदेबी बहुमुखी क्याम्पसमा जिल्लाका सातै वटा स्थानीय तहहरुका शिक्षक- शिक्षीकालाई संघका केन्द्रिय सदस्य अर्जुन तिवारीले बिश्वस पद्धति, मस्तिष्क धारणा निर्माणका र गुणस्तर नेतृत्व क्षमता सन्दर्भमा सहजीकरण गर्नु भएको थियो ।
शिक्षक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पङ्गेनीले लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामा १२ वटा अभियान सञ्चालन गरिएको उल्लेख गर्नु भयो। तोकिएको समयमा कार्यक्रम सञ्चालन गर्ने, स्वदेशी उत्पादनको प्रयोग बढाउने, कार्यक्रमको फजुल खर्च कटाउने, समतलिय बसाई, शिक्षण सस्थामा कार्यक्रम गर्ने लगायतका बिषयलाई अभियानको रुपमा सञ्चालन गरीने धारणा राख्नु भयो । "शिक्षक एउटा गाउँ समाज र राष्ट्रको रोलमोडलका रुपमा रहेको हुन्छ । त्यसैले समाजलाई सकारात्मक परिवर्तन दिने परिणाम आउने गरि काम गर्न र मार्गमा हिड्नु पर्ने बताउनु भयो ।
नेपाल शिक्षक संघका निर्वतमान केन्द्रिय सदस्य एब लुम्बिनी प्रदेश सल्लाहकार नेत्रलाल न्यौपानेले संघका नेतृत्वले संगठन निर्माणमा उल्लेखनीय भुमिका निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनु भयो । न्यौपानेले शिक्षक संघका सदस्यले सस्था र नेतृत्व प्रति बिश्वास राखेमा मात्र सस्था बलियो हुने र सम्पुर्ण शैक्षिक समस्याहरुको समाधान गर्न सहज हुने बताउनु भयो । साथै बर्तमान समयमा देशै भरी स्थानीय सरकारले शिक्षकहरुलाई अनावश्यक रुपमा राजनीतिक आस्था र गुटका आधारमा सरुवा गरि दुख दिने गरेका कारण शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेकोले यसको निर्वारणका लागि शिक्षक संघले आवस्यक भुमिका खोल्नु पर्ने धारणा राख्नुभयो।
जिल्ला सहसचिव अर्जुन पाण्डेका अनुसार तालिममा सातवटै पालिकाबाट करिब ८५ जना शिक्षक-शिक्षिकाहरू सहभागी हुनु भएको थियो ।कार्यक्रममा अध्यक्षता जिल्ला अध्यक्ष भोजराज चापागाईंले गर्नुभएको थियो भने उपाध्यक्ष शिवा रेग्मीले स्वागत मन्तव्य र सचिव इन्द्रबहादुर चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमका अन्त्यमा अध्यक्ष भोजराज चापागाईंले गुणस्तरीय शिक्षाका लागि मर्यादित शिक्षण पेशाको महत्वलाई आधार बनाउनुपर्ने बताउनुभयो। शिक्षक संघ नवलपरासीले बिगत देखी नै शिक्षण पेसालाई मर्यादित गराउन र शैक्षिक समस्याको समाधान गर्दै शैक्षिक गुणस्तरका लागी लागिरहेको धारणा राख्नु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts