दाङ । दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्का छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाकाअनुसार दुवैजनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts