
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात प्रक्रियामा रहेको रोज वाटर(गुलाव जल) गुणस्तरहीन भएको पुष्टि भएपछि आयात अनुमति अस्वीकृत गरेको छ । रोज वाटरको नमुना वीरगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, वीरगञ्जले परीक्षण गर्दा आँखाले देखिने बाहृय पदार्थको उपस्थिति पाइएकाले आयात गर्न नमिल्ने भनी प्रवेश अनुमति अस्वीकृत गरी सुक्खा बन्दरगाह भन्सार कार्यालय पर्सालाई प्रतिवेदन पठाइएको विभागले जनाएको छ । विभागका अनुसार व्यापारिक प्रयोजनका लागि कि फुड्स इन्टरनेसनल प्रालि काठमाडौंले दुबईबाट पैठारीका लागि २०८१ कात्तिक ७ गते सुक्खा बन्दरगाह भन्सार कार्यालय पर्सा नाका हुँदै खाने प्रयोजनका लागि ल्याउन खोजेको एक सय ९२ केजी रोज वाटर प्रवेश अनुमति अस्वीकृत भएको हो ।
दुबईबाट पैठारीका लागि २०८१ कात्तिक ७ गते सुक्खा बन्दरगाह भन्सार कार्यालय पर्सा नाका हुँदै खाने प्रयोजनका लागि ल्याउन खोजेको एक सय ९२ केजी रोज वाटर प्रवेश अनुमति अस्वीकृत भएको हो ।
नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ साउन १९ देखि लागू गरेको छ । उक्त ऐनमा परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीले अनिवार्यरूपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थ पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारीअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएरमात्र खाद्य पदार्थ पैठारी गर्नुपर्ने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभएको छ । अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने पनि उहाँले बताउनुभएको छ । नयाँ नीतिगत व्यवस्थासँगै पछिल्लो समय विभागले आयात अनुमतिमा कडाइ गर्दै आएको छ । केही अघि विभागले भारतबाट आयातित गुणस्तरहीन मास दाल भन्सार नाकाबाटै फिर्ता पठाएको थियो भने भारतबाटै आयातित गुणस्तरहीन चामल पनि भन्सार नाकाबाटै फिर्ता पठाएको थियो ।
प्रभुकृपा अर्डर एण्ड सप्लायर्स कोहलपुर बाँकेले भारतबाट पैठारीका लागि कात्तिक ४ गते नेपालगञ्ज भन्सार नाकामा ल्याएको १२ हजार केजी मास दाल नेपालगञ्ज एकीकृत जाँचचौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा कोल टार डाई बाहृय रङ प्रयोग गरिएको पाइएकाले नाकाबाटै फिर्ता गरिएको विभागले जनाएको छ । विभागका अनुसार कुनै पनि किसिमका दालमा बाहृय रङ प्रयोग गर्न प्रतिबन्ध गरिएको छ । त्यस्तै चाडपर्वका बेला व्यावसायिक प्रयोजनका लागि भारतबाट नेपालगञ्ज भन्सार नाकामा ल्याइएको ८५ हजार केजी चामल फिर्ता पठाएको थियो ।
उक्त चामल नेपाल सरकारले तोकेको अनिवार्य मापदण्डअनुरूप नभएको भन्दै फिर्ता गरिएको हो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्जले गरेको परीक्षणमा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक रहेको र चामलको गुणस्तर न्यून रहेको देखाएपछि चामलको कन्साइनमेन्ट नेपालगञ्ज भन्सार कार्यालयमार्फत् भारत फिर्ता गरिएको थियो । पछिल्लो समय विभागले चाडबाड लक्षित बजार अनुगमनलाई समेत तीव्रता दिँदै आएको छ । अनुगमनका क्रममा अधिकांश खाद्यवस्तुमा कैफियत भेटिएको छ ।
खासगरी होटल रेष्टुरेन्टमा प्रयोग हुने माछामासु, दुग्धजन्य पदार्थ, खानेतेल, खानेपानीलगायतमा बढी समस्या देखिएको विभागले जनाएको छ । अर्को अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि दैनिक उपभोग्य वस्तुमै बढी कैफियत भेटिएको जनाएको छ । तारे होटलका परिकारसमेत गुणस्तरहीन रहेको फेला परेपछि विभागले कारबाही पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच