✍️ कपिल अर्याल
अन्तर्राष्ट्रिय युवा वर्ष सन् १९८५ ले १५-२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनी परिभाषित गरेको छ । विश्व स्वास्थ्य संगठनले १५-२९ सम्मका समूहलाई युवा अवस्था भनेर सूचीकृत गरेको छ । त्यसैगरी युवा नीति-२०७२ ले १६-४० वर्ष उमेरका पुरुष, महिला तथा तेस्रोलिंगीलाई युवा भनी परिभाषित गरेको छ । पछिल्लो जनगणना-२०७८ अनुसार कुल जनसंख्याको ४२ प्रतिशत संख्या युवा रहेको तथ्य सार्वजनिक गरेको छ । यु.एन.एफ.पि.ए को तथ्यांक अनुसार १६-२५ वर्ष उमेर समूहका युवा २०.८ प्रतिशत र १६-४० वर्ष समूहका युवा ४०.६८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । जे जसरी व्याख्या गरियता पनि शारिरिक, मानसिक र भौतिक रूपमा कार्यक्षमता भएका पुरुष, महिला वा अन्य लिंगको पहिचान बोकेका व्यक्ति नै वास्तवमा युवा हुन् । अन्तर्राष्ट्रिय रूपमा युवा दिवश अगष्ट १२ विश्वभर मनाउने प्रचलन छ । नेपालमा पनि विविध कार्यक्रम गरी युवाहरूले युवा दिवश मनाउँदै आएका छन् । यस वर्षको २५आंै अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘दिगो विकास लक्ष्यमा प्रगति र संमृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ युवा दिवश मनाइएको छ ।
बेरोजगारीता नेपालको हालको अमुक समस्या हो । देशमा वर्षेनी करिब पाँच लाख युवा जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् तर देशको श्रम बजारले पचास हजारभन्दा बढी युवा जनशक्तिलाई रोजगार दिनसक्ने अवस्था नभएको देखिन्छ ।
युवाहरू राज्यका अजस्र स्रोत र परिवर्तनका बाहक हन् । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदुत मानिन्छन् । युवा बिना समाज वा राष्ट्रको परिवर्तन असम्भव छ । नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका खातिर युवाहरूले देखाएको अद्भूत सहास, श्रृजनशिलता र आत्मविश्वास कालजायी इतिहासका लागि एक युग परिवर्तनको संवाहक बनेको छ । युवाहरूको चेतना, प्रतिकूलतालाई अनकूलतामा लैजाने, अवन्नतिलाई उन्नतिमा बदल्ने, विपन्नतालाई सम्पन्नतामा रूपान्तरण गर्ने सामथ्र्य रहेको हुन्छ ।
तसर्थ पनि उपयोगिताको सिद्धान्त बमोजिम इतिहासका पानाहरूमा युवा जनशक्तिले देखाएको असाधारण योगदान मुलुकको समृद्धि र विकासका लागि स्मरणीय रहेको सर्वविदितै छ । नेपालको इतिहासका कैयांैं कालखण्डमा राजनीतिक परिवर्तनका निम्ती युवाहरूले खेलेको भूमिका कम महत्वपूर्ण थिएन । २००७ साल मा जहानिया राणा साशनकाविरुद्ध होस् वा २०४६ मा बहुदलिय व्यवस्थाका लागि होस् वा २०६२/६३ को १९ दिने एतिहासिक जनआन्दोलनमा होस् युवाको अथक मिहिनेत र अटल साहसले नेपालको राजनीतिक परिवर्तन र विकास सम्भव भएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोगका कारण युवाहरू सामाजिक, राजनीतिक तथा आर्थिक गतिविधिमा सक्रिय हुने अवसर पाएका हुन् । प्रजातन्त्रको जगले युवालाई शिक्षा, उद्ममशीलता, रोजगार, वैदेशिक रोजगारका श्रम क्षेत्रलगायत आर्थिक उन्नयनका क्रियाकलापमा प्रत्यक्ष सहभागिता र लाभान्वित हुने अवसर प्रदान गरेको छ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि युवाहरूको अदम्य साहस र दृढ विश्वास प्रशंसनीय छ । विद्यार्थी आन्दोलनको रूपमा होस् वा राजनीतिक रूपमा होस् प्रजातन्त्रको पुर्नवहाली पश्चात् नेपालमा उच्च शिक्षाका लागि खोलिएका त्रि.वि, आर.आर, त्रिचन्द्र, पिएन क्याम्पस, रामपुरलगायत देशैभरका क्याम्पसको जगमा युवाहरूले राजनीतिक संस्कार विकसित गर्नु युवाका लागि एक सौभाग्यपूर्ण स्थिति बन्यो । जसका कारण बहुदलीयता, प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो । नेपालको संविधान २०७२ निर्माणमा युवाहरूको उत्साहपूर्ण स्थिति आजको परिवर्तनको एक महत्वपूर्ण कडी हो ।
विसं २०८० को दशक वास्तवमा मेडिएन एज गुपको दशक हो । कुल जनसंख्याको श्रम योग्य युवाहरूको संख्या उच्च छ यस्तो उच्च जनसांख्यिक लाभांश समुन्नत र संमृद्ध नेपालको आधार बन्ने उच्च सम्भावना हुँदाहुँदै पनि युवा जनशक्तिको सिर्जनात्मक उपयोग देशले गर्न नसक्न् दुर्भाग्यपूर्ण छ । तर, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय कारण जसअन्तर्गत कोभिड-१९, देशको राजनीतिक अस्थिरता, संक्रमणकालीन न्याय र वैश्विक प्रभाव, युरोपमा रसिया र युक्रेनबीचको द्वन्द्ध, मिडल इष्टको प्रोक्सिवारलगायत भुमण्डलीकृत प्रभावका असरका कारण नेपाली समाज पनि अछुतो रहन सकेन फलस्वरुप नेपाल कोे आर्थिक र सामाजिक क्षेत्र प्रभावित हुँदा युवा जनशक्ति वैदेशिक श्रम र अध्ययन का लागि देश छोड्न बाध्य भए । देशभित्रको दलीय अक्रमण्डता, नेतृत्वको गैरजिम्वेवारीपन, कुशासन, भ्रष्टाचार र लाचारिताले युवाहरू बिचलित हुन स्वभाविक थियो ।
वास्तवमा युवाहरू उत्प्रेणाका सामर्थययुक्त स्रोत हुन् । आन्तरिक रूपमा देशको उत्पादन, श्रम, सीप विकास र उद्यमशीलता वृद्धिमा यिनीहरूको अहम् भूमिका रहन्छ । यी युवाहरूलाई परिचालन र व्यवस्थित गर्न राज्यका नीति तथा कार्यक्रम आवश्यक पर्दछन् । ती युवाहरूलाई रोजगारी प्रदान गरी स्वरोजगार बनाउने माध्यम सरकारले गर्नुपर्दछ । विंस २०६७ मा राष्ट्रिय युवा नीति सँगसँगै केही युवा लक्षित कार्यक्रम सरकारले नल्याएको पनि होइन तर उक्त कार्यक्रम दिगो र प्रभावकारी बन्न भन्ने सकेन । समय सापेक्ष युवाहरूको हित बमोजिम राष्ट्रिय युवा नीति-२०७२ कार्यान्वनमा रहे तापनि उपलब्धिका दृष्टिकोणले पर्याप्त देखिएको छैन यस सँगसँगै युवाहरूका विषयमा पैरवी गर्न राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय खेलकद परिषद् र नेपाल स्काउट क्रियाशील रहँदा रहँदै पनि युवाका न्यून्तम आवश्यकता पूर्ति हुनसकेको छैन, यसको कार्यान्वन पक्षलाई विशेष जोड दिएर युवामैत्री वातावरण सिर्जना गर्न सक्नुपर्दछ ।
नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका खातिर युवाहरूले देखाएको अद्भुत सहास, सिर्जनशीलता र आत्मविश्वास कालजायी इतिहासका लागि एक युग परिवर्तनको संवाहक बनेको छ । युवाहरूको चेतना, प्रतिकुलतालाई अनकुलतामा लैजाने, अवन्नतिलाई उन्नतिमा बदल्ने, विपन्नतालाई सम्पन्नतामा रूपान्तरण गर्ने सामथ्र्य रहेको हुन्छ ।
युवाहरूको चेतना जागृत र अभिवृद्धि गर्न शिक्षाको पाश्र्वचित्र निर्माण गर्न जरुरी छ । शिक्षा सिर्जनात्मक र समलोचनात्मक क्षमता अभिवृद्धि गर्ने माध्यम हो । नेपालको सन्दर्भमा सबैका लागि गुणस्तरीय शिक्षाको समान पहुँच अभिवृद्धि गर्न सरकारी र गैरसरकारी संस्थाबाट विभिन्न प्रयास भएको पाइन्छ । राष्ट्रिय शिक्षा नीति-२०७६ मा शिक्षालाई रोजगार मुलक बनाउने उदेश्य राखेको छ जसअनुसार प्राविधिक तथा व्यावसाहिक शिक्षा र तालिमका अवसर व्यापक विस्तार गरी सबै इच्छुक युवालाई समतामूलक पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, शिपयुक्त जनशक्ति तयार पार्ने रहेको छ । बेरोजगारिता नेपालको हालको अमुक समस्या हो । देशमा वर्षेनी करिब पाँच लाख युवा जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् तर देशको श्रम बजारले पचास हजारभन्दा बढी युवा जनशक्तिलाई रोजगार दिनसक्ने अवस्था नभएको देखिन्छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तयार पारेको १५औं योजनाले युवाको सर्वांगीण विकास राष्ट्र निर्माणको प्रमुख आधार भन्ने सोचका साथ स्वास्थ्य, सकारात्मक सोच, उद्यमशीलता, सिर्जनशील, युवा शक्तिको विकास र परिचालनमा विशेष जोड दिने लक्ष्य राखेको छ ।
विगतमा देखिएका राजनीतिक, आर्थिक र सामाजिक चुनौतीलाई विसं १९९० को दशकले चिरफार गर्नेछ । युवाहरूका सीप, शिक्षा, क्षमता र नवीनतम् विचार बोकेर स्वदेश फर्किनेछन् । अध्ययनको सवालमा होस् वा श्रमको सवालमा होस विदेशी भूमिमा भोगेका चुनौती समस्या र सफलतालाई युवाले आफ्नै देशमा प्रयोग गर्नेछन् । २१औं शताब्दी नवीनतम् विचार र प्रविधिको युग हो । बृहत अर्थमा सेमल पि हटिङ्टनको भनाइ होस् वा एल्विन टफलरको भनाइ होस् थर्ड वेभ अफ डेमोक्रेसी २१औं शताब्दीको नवीनतम् प्रविधिको प्रयोगको विचार हो । परिवर्तित संसारको नव विकासक्रमसँगै नेपाली युवाहरूले पनि डिजिटाइजेसन र यान्त्रीकरणको उपयोगद्वारा नेपालको सबै क्षेत्रमा उल्लेखनीय सहभागिता जनाउनेछन् । विशिष्टिकृत भूगोल, पर्यावरण र वातावरण, जातजाति, कला, साहित्य र भाषिक विविधताबीच विविधात्मक वांमय विकासको पुर्नजागरणका लागि युवा एकजुट हुनेछन् । हामीले नगरे कसले गर्छ भन्ने उक्तिलाई मूलमन्त्र ठान्दै स्वरोजगार पर्वद्धनका लागि आन्तरिक श्रोतसाधनमार्फत भौगोलिक विषमता रहेको हिमाल, पहाड, तराई र मधेस क्षेत्रका उर्वर भूमिमा प्रविधि र यान्त्रीकरणको उपयोग, शिक्षा, स्वास्थ्य, राजनीति र प्रशासनिक निकायमा युवा पुस्ताको दमदार उपस्थितिले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्नेछ । दिगो विकासका लक्ष्य हासिल गर्न राज्यस्तरबाटै युवा पुस्ता भौतिकपूर्वधार, सडक, यातायात, खेलकुदलगायतका क्षेत्रमा सक्रिय रहनेछन् । जलवायु परिवर्तन, वातावरण र पर्यावरण संरक्षणमा हातेमालो गर्दै विश्वमा देखिएका नव चुनौती समाधानका लागि एकजुट भएर गृहकार्य गर्ने छन् । विगत पाँच वर्षदेखि अध्ययन अनुसन्धानमा रहेको नवपर्वतन क्षेत्र, विज्ञानको उचित प्रयोगद्वारा प्रयोगशाला, आविस्कार केन्द्र स्थापना ७७ जिल्लाका युवाहरू गोलबद्ध गरी नवपर्वतनको लक्ष्य १९९० सम्म हासिल गर्नेछन् ।
अन्त्यमा सकारात्मकता नै मानिसको असल रूप हो । देशलाई सकारात्मक ढंगले विकासको गतिमा बढोत्तरी गर्दै प्राक्कथनमा उल्लेख भए अनुरूप युवाहरूको उचित सम्मान, हेरचाह र हेरविचारमा राज्य उत्तरदायी भई विसं १९९०को दशकलाई विकासशील देशमा परिवर्तन गर्दै नयाँ इतिहासको प्रारम्भता हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा