
काठमाडौं । छैटौं ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता-२०८१’ मा ९३७ कथाकारले सहभागिता जनाएका छन् । विगतमा जस्तै नयाँ युवा कथाकारहरूसँगै वरिष्ठ, अग्रज तथा स्थापित कथाकारहरूका कथा प्राप्त भएको जनाएको बताइएको छ । बाह्रखरी मिडियाले गएको भदौ ३१ गते विश्वभरिका नेपाली भाषामा लेख्ने कथाकारहरूबाट कथा आहृवान गरेको थियो ।
कात्तिक ५ गते मध्यरातसम्मको समयसीमा तोकिएको यसअवधिमा नेपालसहित भारतको दार्जिलिङ, असम, मणिपुर तथा अमेरिका, बेलायत, क्यानडा, जापान, थाइल्याण्ड, साउदी अरबलगातका मुलुकमा रहेका नेपाली कथाकारहरूले सहभागिता जनाएको बताइएको छ ।
प्राप्त ९३७ कथाहरूमध्ये सर्तअनुरूपको मापदण्डभित्र रहेका कथाहरूलाई आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीसहित चारजनाको टोलीले उत्कृष्ट ५० कथा चयन गर्नेछ । आन्तरिक समूहले छनोट गरेका कथाहरू मूल निर्णायक समूहलाई बुझाउनेछ । मूल निर्णायक समूहले उक्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको चयन गरी प्रथम, द्वितीय र तृतीय कथासमेत छुट्याउनेछ ।
यस वर्ष मूल निर्णायक समूहको संयोजकमा समालोचक साहित्यकार प्राडा. ज्ञानु पाण्डे तथा सदस्यहरूमा साहित्यकारहरू डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच