बाबुराम भट्टराईको सुझाव: राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि !

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूले राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि भन्दै प्रस्ताव गर्नुभएको छ ।

गठबन्धन भत्काउन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको हल्ला चलेसँगै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले खुट्टा तानातानको समय खेर फालेर राष्ट्रिय सहमतिको सरकार बनाउनतिर जान सुझाउनु भएको हो ।

'विश्वव्यापी आर्थिकमन्दी मडारिँदैगरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन।' उहाँले भन्नुभएको छ, 'अतःखुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि !' उहाँको सुझाव छ ।

ADVERTISEMENT

— Baburam Bhattarai (@brb1954) January 6, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?