सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा आज विद्यालय भवनसहित विभिन्न प्रयोजनका लागि निर्माण गरिएका भवनको औपचारिक उद्घाटन गरिएको छ ।
विद्यालयमा राष्ट्रिय योजना आयोग र विद्यालयको समपुरक दुई करोड बत्तीस लाख उन्नातिस हजार ३८ रुपैयाँ एक पैसामा बनेको दुई तले आठ कोठे विद्यालय भवनसहित अन्य भवनहरुको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बडाल, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवी चौधरीलगायत भएर उद्घाटन गर्नुभएको हो ।
त्यसैगरी विद्यालय आफैले बनाएको तीन कोठे भवन, नेपाल सरकारद्धारा ससर्तको रकमबाट ६ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको पुस्तकालय भवन, ५० लाखको लागतमा प्रदेश सरकारद्धारा स्तर उन्नति गरिएको र त्यसैमा विद्यालयले एउटा कोठा थपेर बनाएको भवन, ४ सय जना अट्ने विद्यालय आफैले बनाएको सभाहल, कम्प्युटर कक्षाकोठाको एकैसाथ उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम दाहालले जानकारी दिनुभयो ।







Breaking news with related posts