काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ४.१७ प्रतिशतले घटेको छ । आयात घटेसँगै गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा चार खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा चार खर्ब २९ अर्ब १३ करोड १० लाखमा झरेको छ । भन्सार विभागले सार्वजनिक गरेको असोजसम्मको तथ्यांकअनुसार आयात घटेसँगै गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्ष व्यापार घाटामा ३.९६ प्रतिशतले सुधार आएको हो । पहिलो त्रैमासमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाखको आयात भएको थियो ।
त्यसैगरी निर्यात पनि घटेको छ । साउनदेखि असोजसम्म ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । निर्यात ६.११ प्रतिशतले घटेको हो । असोजसम्म नेपालले कुल चार खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख बराबरको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता