काठमाडौं । चलचित्र निर्माता संघले संस्थामा सदस्य नभएका निर्माताले हलबाट ५० प्रतिशत शेयरको सुविधा नपाउने निर्णय गरेको छ । कार्यसमिति बैठकको यो निर्णय कार्यान्वयनका लागि प्रदर्शक संस्था चलचित्र संघलाई लेखी पठाउने निर्णय भएको अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो ।
गतवर्ष निश्चल बस्नेतको पहलमा निर्माता संघ र चलचित्र संघबीच ५०/५० प्रतिशत शेयर बाँडफाँटको सहमति भएको हो । ‘हामीले गतवर्ष निर्मातालाई ५० प्रतिशतनै शेयर पाउने निर्णय गरेका थियौँ। साथै तीन मिनेटको ट्रेलर निःशुल्क सेवा दिएर निर्मातालाई फाइदा हुने काम गरेका छौं । संस्थामा आबद्ध नभएकालाई किन यो सुविधा दिने भनेर निर्णय गरेका हौं । संघले लडेर ल्याएका हकअधिकार उपभोग गर्ने तर संघको बदनाम गर्ने गैरसदस्यप्रति निर्णय लक्षित छ,’ उहाँले भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts