काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपालले मालदिभ्समाथि गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको हो । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले हृयाट्रिक गर्नुभएको छ । रेखाले पाँच र प्रीतिले तीन गोल गर्नुभएको थियो । रेखाले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गर्नुभएको थियो भने प्रितिले ६, ६५ र ८७ औं मिनेटमा गोल गर्नुभएको थियो । अन्य तीन गोल सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले गर्नुभएको थियो ।
सविताले २९, अनिताले ६८ र अमिशाले ८८औं मिनेटमा गोल गर्नुभएको थियो । यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गर्नुभएको थियो । यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुग्नुभएकी सावित्रा भण्डारीलाई भने मैदानमा उत्रिनु भएन ।
यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको दुई खेलबाट चार अंक भएको छ । भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ । नेपाल गोल अन्तरको आधारमा समूहको पहिलोमा रहेको हो । श्रीलंका तीन अंकमा तेस्रोमा छ । माल्दिभ्स भने शून्य अंकमा छ । यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । भुटान भने माल्दिभ्ससँग भिड्ने छ ।
श्रीलंकामाथि भुटानको फराकिलो जित
यस्तै यसअघि सोमबार भएको खेलमा भुटानले श्रीलंकामाथि फराकिलो जित निकालेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको समूह ‘बी’ को पहिलो खेलमा भुटानले श्रीलंकामाथि चार-एकको फराकिलो जित दर्ता गरेको हो । भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । श्रीलंकाले पहिलो खेलमा मालदिभ्सलाई पराजित गरेको थियो । जितसँगै भुटानले अंक तालिकामा चार अंक जोडेको छ । श्रीलंकाको भने तीन अंक छ ।
श्रीलंकामाथि जित निकालेसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पराजित श्रीलंकाको पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ । भुटानको जितमा डेकी लाजोनले दुई तथा नागमेल डेमा र दोर्जी एडोनले समान एक गोल गर्नुभएको थियो । श्रीलंकाका लागि थुसानी मधुसिकाको एक सान्त्वना गोल गर्नुभयो ।
खेलको ७९ औँ मिनेटमा नागमेल पेमाको पासमा नागमेल डेमाले गोल गर्दै भुटानको अग्रता फराकिलो पार्नुभएको थियो । ७६ औँ मिनेटमा कप्तान पेमा छोडेन छिरिङको पासमा डेकी लाजोमले गोल गर्दै भुटानलाई तीन-एक को अवस्थामा ल्याउनुभएको थियो ।
पहिलो हाफको सुरुवातमा नै भुटानले अग्रता बनाएको थियो । पहिलो हाफको सातौँ मिनेटमा नामगेल डेमाको क्रसमा डेकी लाजोनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
खेलको २३ औँ मिनेटमा श्रीलंका खेलमा फर्किएको थियो । भुटानकी डेकी याङदोनलाई लाग्दै रिवाउण्ड भएको बललाई श्रीलंकाकी थुसानी मधुसिकाले पोस्टको जाली चुमाउनुभएको थियो ।
खेलको ३२औँ मिनेटमा नाङमेल डेमाको फ्रिकीक श्रीलंकाका डिफेन्डरले क्लीयर गरेपनि दोर्जी एडोनले नियन्त्रणमा लिर्दै भुटानको अग्रता दोब्बर पार्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा