काठमाडौं । नेपालका कमल मगर अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा सहभागी हुन सोमबार अमेरिकाको फ्लोरिडा प्रस्थान गर्नुभएको छ । नोभेम्बर २६ देखि २७ तारिखसम्म हुने मिक्स मार्सल आर्टको यो प्रतियोगितामा कमलले दुई स्पर्धामा सहभागिता जनाउनुहुनेछ । वल्र्ड मार्सल कमिटी (डब्लुएमएसी), युएसएको आयोजनामा हुने उक्त प्रतियोगितामा कमलले सर्ट वेपन र चाइनिज क्रिएटिभ फम्समा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
आफ्नो खेल करियरमा कमलले ६ स्वर्ण, तीन रजत र चार कांस्य जित्नुभएको छ । कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा समान एक-एक स्वर्ण र रजत, सन् २०१८ मा इंग्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जित्नुभएको थियो ।
त्यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा दुई रजत र एक कांस्य तथा इंग्ल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जित्नुभएको थियो । उहाँले सन् २०२० मा भएको भर्चुएल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि एक स्वर्ण र एक कांस्य हात पार्नुभएको थियो । कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको छ ।
कमललाई सफलताको शुभकामना दिँदै नेपनल उमा कुङफुका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राई, महासचिव भूपेन्द्र गुरुङ र सचिव रमेश महर्जनले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । त्यस्तै नेपालका अनुप थापाले पनि किक बक्सिङको लाइट वेट स्पर्धामा खेल्नुहुनेछ । सिद्धार्थ र अनुप दुवै न्युयोर्कमा हुनुहुन्छ । दुवै त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन फ्लोरिडा जानु हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा