ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका –६ का दुतमान सुनुवारको लडेर मृत्यु भएको छ ।
मोलुङ्ग गाउँपालिका–६ स्थित आफ्नो दाई नाता पर्ने इन्द्र बहादुर सुनुवारको घरमा बस्दै आउनु भएका सुनुवारको लडेर मृत्यु भएको हो ।
शनिबार करिब ४ बजेको समयमा गाईगोठ बनाउन जान्छु भनी घरबाट हिडेको तर अबेरसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेको परिवार श्रोतले जानकारी दिएको छ । खोजी गर्ने क्रममा आइतबार बिहान करिब ९ बजेको समयमा घरभन्दा ४ सय मिटर पश्चिम तर्फ बाटोमुनी लडी मृतअवस्थामा फेला पारेको बताएका छन् ।
५० वर्षिय खिजीफलाटेका दुतमान सुनुवार मोलुङ्ग गाउँपालिकास्थित चेप्टेमा आफन्तको घरमा बस्दै आउनु भएको थियो । सुनुवारको लासलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।






