राजविराज । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय रामस्वरूप मण्डलकी ९ वर्षीय छोरी प्रियङ्का मण्डलको सर्पदंशबाट मृत्यु भएको हो ।
शनिबार साँझ पूजा कोठामा धुप लगाउने क्रममा उनलाई सर्पले डसेपछि उपचारका लागि तत्कालै कल्याणपुर स्थित सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो ।
नेपाली सेनाद्वारा सङ्कलित सर्पदंश उपचार केन्द्रमा रातभरि उपचार गरिएपनि बालिकाको अवस्था गम्भीर भएपछि सिरहाको चोहर्वा स्थित नेपाली सेनाद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो ।
कल्याणपुर उपचार केन्द्रले आइतबार बिहान रेफर गरी पठाएको छोरीको चोहर्वा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतका बुवा रामस्वरूप मण्डलले बताए ।
मृतक बालिकाको आइतबारै अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ ।






