दाङ । ‘स्रष्टा एक, प्रस्तोता अनेक-२०८१’मा गजल गुञ्जिएका छन् । राप्ती साहित्य परिषद् दाङद्वारा आयोजित बृहत् साहित्यिक तथा सांगीतिक कार्यक्रम वरिष्ठ साहित्यकार तथा गजलकार नारायण नेपालका बहरबद्ध एकल गजलहरू गुञ्जिएका हुन् । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ संगीतज्ञ गोविन्दराज श्रेष्ठको विशिष्ट आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
वरिष्ठ साहित्यकार तथा गजलकार नारायणका बहरबद्ध गजलहरूमा विश्वकीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, गायकहरू यादवनाथ योगी, सुशीलकुमार श्रेष्ठ, सन्तोष रजौरे र दीपलता उपाध्यायका सुमधुर स्वरहरू रहेका थिए । गायकहरूलाई वाद्यवादनको बाँसुरीमा डम्बर खड्काथोकी, भायोलिन यतिराज अधिकारी, तबलामा सुशीलकुमार गुप्ता र हार्मोनियममा अनिल बुढाथोकी साथ दिनुभएको थियो । स्वयं वरिष्ठ स्रष्टा नारायण नेपालले पनि आफ्ना केही गजलहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमममा राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले वृत्तचित्रमार्फत स्रष्टाको परिचय गराउनुभएको थियो । राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासीले गाइएका गजलहरूको समीक्षा गर्नुभएको थियो । राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले कार्यक्रम अत्यन्त उत्कृष्ट वा ! वा !! भन्ने खालको रहेको जिकिर गर्नुभएको थियो ।
प्रमुख अतिथिका गोविन्दराजले राप्ती साहित्य परिषद् दाङ शाखाले नेपाली भाषा कला संगीतको विकासमा महत्वपूर्ण योगदान दिएको धारणा राख्नुभएको थियो । राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्य तथा किशोरचन्द्र गौतमको स्वस्तिक वाचनबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक गीतकार प्रकाश केसी र राप्ती साहित्य परिषद् दाङ शाखाका सचिव घनश्याम केसीले गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts