काठमाडौं । २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौंमा भेला भएका छन् । संगीत, सांस्कृतिक सम्पदा र सिर्जनशील बुद्धिमत्ताको आदानप्रदान गर्ने उद्देश्यले ‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक काठमडौंमा भेला भएका हुन् ।
आइतबार (आज)देखि १० दिनसम्म गोकर्ण रिसोर्टमा कार्यशाला हुँदैछ । यसबार काठमाडौंमा पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल संगीत विद्यालय ट्रष्टले जानकारी गराएको हो ।
संगीत विद्यालयका प्राचार्य शिशिर उप्रेतीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ । सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको जनाइको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा