
काठमाडौं । नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ को विशेष प्रदर्शनी हुने भएको छ । २० अक्टोबर अर्थात आज (आइतबार) हङ्कङस्थित केनेडी टाउनको गोल्डेन सिन सिनेमामा रिलिज हुँदैछ । विशेष प्रदर्शनीका लागि निर्माता अमोद राई हङ्कङ पुग्नुभएको छ । हङ्कङवासीहरुका लागि यो चलचित्र विशेष भएकाले स्पेशल स्क्रिनिङ गरिएको निर्माता राईले बताउनुभयो ।
विशेष प्रदर्शनीप्रश्चात यो चलचित्र विदेशी फिल्मसरह हङ्कङका सिनेमाहलमा लाग्नेसमेत उहाँले जानकारी गराउनुभयो । जसको लागि चलचित्रमा चाइनिज सबटाइटल पनि समावेश गरिएको छ । यसरी हङ्कङमा रिलिज हुनलागेको पहिलोपटक भएको समेत निर्माता राईको दाबी छ । यस चलचित्रलाई हङ्कङको गोल्डेन सिन सिनेमाले वितरण अधिकार किनिसकेको छ ।
नेपालबाट निर्देशक सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, मिङ्सो लिम्बु प्रदर्शनमा सहभागी हुन हङकङ पुग्नुभएको छ । हङ्कङमा रहनुभएका देवराज राई कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ ।
चलचित्रको सहनिर्माताका रूपमा हङ्कङबाट अरुण राई, मातृदीप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहनुभएको छ । ताइवानका क्वान पुन लुङले सम्पादन गरेको चलचित्रमा हङकङकी संगीतकार हाइडी लीले संगीत दिनुभएको छ भने यसको छायांकन अमेरिकी छायाकार जोस हेरमले गर्नुभएको हो । महेश राईको कथा रहेको चलचित्रको पटकथा र संवाद राईसहित निर्देशक सुब्बाले लेख्नुभएको हो । चलचित्रको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच