काठमाडौं । ‘द मिस ग्लोब’को उपाधि कोलम्बियाले जितेको छ । अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायना मोरेनोले ताज पहिरिनुभएको हो । नेपालकी मोनिका अधिकारी भने टप १६ सम्म पुग्न सफल हुनुभयो । यो नेपाल को ‘द मिस ग्लोब’ मा पहिलो सफलता हो ।
७० देशका प्रतियोगिहरू सहभागी भएको प्रतियोगिता २० दिनसम्म चलेको थियो भने थाइल्याण्ड दोस्रो भएको छ । मोनिका ‘हेड टु हेड च्यालेन्ज’ र ‘मस्ट पपुलर’ विधामा फाइनलमा पुग्नुभएको हो । यसअघि सनुर्वी इन्टरनेसनलका अध्यक्ष तथा पूर्वमिस्टर नेपाल डा.सन्तोष उपाध्याय सन् २०२१ मा मिस्टर सुप्रानेसनलमा थर्ड रनरअपसहित दुई सब टाइटल जित्न सफल हुनुभएको थियो ।
मोनिकाको सफलताले अवसर र आयोजकको राम्रो साथ पाए नेपालीले अन्तर्राष्ट्रिय उपाधि ल्याउन सक्छन् भन्ने फेरि एकपटक पुष्टि भएको उहाँको भनाइ छ ।






