काठमाडौं । चलचित्र ‘कर्मा’ले अभिनेता विपिन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षका अनुसार चलचित्र आगामी चैत २९ गतेदेखि सिनेमाघरमा आउनेछ । सौरभ चौधरीको निर्देशन रहने यो चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । उहाँका अनुसार यस चलचित्रमा अभिनेता विपिनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।
वसन्त लम्सालले लगानी रहने यो चलचित्रको छायांकन मंसिर दोस्रो सातापछि सुरु हुने जनाइएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताउनुभयो । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुनेछ ।






