तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याहृया सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नु भएको छ । सिनवारको मृत्यु पीडादायी भए तापनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताउनुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाउनु भएको हो ।
खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भन्नुभयो ‘सिनवार ‘प्रतिरोध र संघर्षको चम्किलो व्यक्तित्व हुन, जो क्रूर र आक्रामक शत्रुविरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे ।’ सन् २०२३ अक्टोबर-७ को आक्रमणको मुख्य नाइकेको रूपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्किएको भए नि निरन्तर अघि बढ्ने बताउनुभएको छ ।
उहाँल सन् २०२३ अक्टोबर-७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताउनु भएको छ । इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएको समेत उहाँले उल्लेख गर्नु भएको छ ।
लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ । इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ यद्यपि इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts