अजरबैजान । विश्व व्यापार संगठन (डब्लुटीओ) ले अजरबैजानको बाकुमा हुने कोप-२९ शिखर सम्मेलनलाई विभिन्न व्यापार केन्द्रित कार्यक्रमहरूमार्फत सहयोग र सहभागिता जनाउनेछ । डब्लुटीओ महानिर्देशक न्गोजी ओकोन्जो-इवेलाले नोभेम्बर १२ र १३ मा हुने ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ कार्यक्रममा भाग लिनुहुनेछ ।
डब्लुटीओले वेबसाइटमार्फत कोप-२९ को बारेमा जानकारी प्रदान गर्नेछ । जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसंघको २९औं वार्षिक बैठक नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुँदैछ । जलवायु उद्देश्यहरू प्राप्त गर्न, दिगो विकास प्रवद्र्धन गर्न तथा व्यापार नीतिहरूको महत्वपूर्ण भूमिका जाँच्न उक्त सम्मेलनमा सहभागीहरूलाई आमन्त्रित गरिनेछ । रासस/एएनआई ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा