काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।
आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाए लगत्तै अग्नि नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ ।
बसमा लागेको आगो निभाइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts