मुगु । मुगु जिल्लामा कार्तिक २ र ३ गतेसम्म जिल्लाका ५७३९ बालबालिकालाई जुकाको औषधि र भिटामिन-ए क्याप्सुल खुवाउने अभियान सुरू भएको छ । यस अभियानअन्तर्गत छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका सबै वडाहरूमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुको समन्वयमा सञ्चालन गरिएको यो अभियानलाई सफल पार्नकाे लागि मुगु जिल्लाका २१६ जना स्वास्थ्य स्वयंसेविकाहरका साथै स्वास्थ्यकर्मीहरू भिटामिन ए र जुकाकाे ओैषधि खुवाउने काममा खटिएका छन् भने ६ महिना देखि ५ बर्षका सबै बालबालिकाहरूकाे पोषणको अवस्थाको समेत चेक जाँच गर्ने गरिएकाे जिल्ला अस्पताल मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले जानकारी दिनुभयाे ।
कार्तिक २ र ३ गते नेपाल अधिराज्यभरका सबै स्थानिय तहका वडाहरूमा अभियानकै रूपमा लागु भएकाे र विशेष गरी ६ महिना देखि १ बर्ष काेही पनि बालबालिकाहरू नछुट्ने र यदी छुटेमा घरघर गयर भएपनि भिटामिन ए र जुकाकाे ओैषधि खुवाईने स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल मुगुका डाक्टर एवं निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक दिपकजङ्ग शाहीले बताउनु भयाे ।
डाक्टर शाहीकाअनुसार जुकाकाे औषधि (अल्बेण्डा जाेल)ले जुका मार्ने र कुपाेषण हुन बाट बचाउने । भिटामिन ए" क्याप्सुलले आँखाकाे नजरमा सुधार ल्याउने र शरिरकाे बृद्धि विकासमा टेवा पुर्याउने जानकारी दिनुभयाे । यस अभियानलाई प्रभावकारीरुपमा सफल पार्न अनुगमनकाे समेत ब्यवस्था मिलाईएकाे डाक्टर शाहीले जानकारी दिनुभयाे ।
बालबालिकाहरूकाे लागि पायक पर्ने ठाँउहरूमा अभियान थालिएकाे छ भने कुनै कारणले बालबालिकाहरू भिटामिन ए र जुकाकाे ओैषधिहरू खान नपाए घरघरमा गयर भएपनि अभियान सफल पार्ने छायाँनाथ रारा नगरपालिका वडा नं १ कि महिला स्वास्थ्य स्वयम् सेविका उर्मिला मल्लले बताउनु भयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच