‘मञ्जरी’ रेणुका भट्टराईको खण्डकाव्यको पुस्तक हो । खण्डकाव्य कुनै कथानकलाई कवितात्मक शैलीमा वर्णन गरिएको पुस्तक हो । यो प्रबन्ध काव्यमा पर्छ । खण्डकाव्य फुटकर कविताभन्दा ठूलो महाकाव्यभन्दा सानो वर्णनात्मक काव्य हो । परम्परागत रूपमा छन्दका कवितामा मात्र खण्डकाव्य रचना गरिन्थ्यो तर पछि गद्यमा र लोक भाकाका भ्याउरे लयमासमेत खण्डकाव्यको रचना गर्ने गरिन्छ । हुन त नेपाली साहित्यको आधुनिक काल सुरु हुनासाथ लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’ झ्याउरे लयमै लेखेर प्रकाशनमा आएको थियो तर त्यसपछि छन्दमै लेख्ने गरियो । पछिल्लो समयमा लोक लयमा केही खण्डकाव्य लेखिएका छन् ।
त्यसमध्येको एक हो रेनुका भट्टराईको ‘मञ्जरी’ । यो पुस्तक दोस्रो संस्करणका रूपमा सार्वजनिक भएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपाल यसको प्रकाशक रहेको छ । २०५७ सालको भदौ १ गते एकै रातमा लेखिएको भनिएको यो खण्डकाव्यको पहिलो संस्करण २०६० सालमा आएको हो । यो पुस्तक हालै परिमार्जनसहितको दोस्रो संस्करणका रूपमा आएको हो । डिएमआई साइजको यस पुस्तकमा तौलयुक्त सेतो कागजको प्रयोग भएको छ । छपाइस्तरीय छ तर कतै–कतै अशुद्धि भेटिन्छन् । १००१ प्रति छापिएको भनिएको यस संस्करणको यस पुस्तकमा भूमिका खण्डमा ३६ र पाठ्य खण्डमा ४४ गरी जम्मा ८० पृष्ठ छन् र यसको मूल्य २००५ रुपैयाँ छ ।
यस खण्डकाव्यमा बालविवाह भएर सानै उमेरमा विधवा बन्न पुगेका बालिका तथा युवतीहरूको पुनर्विवाह समाजका सबै तप्काको प्रयासबाट गरिदिने परिपाटीको विकास हुनुपर्छ भन्ने मुख्य सन्देश यस खण्डकाव्यले व्यक्त गर्न चाहेको छ । प्रगतिवादी चिन्नतनबाट डोहोरिएको यस खण्डकाव्यले उठान गरेको विषय पनि यही नारी जागरण नै हो ।
लेखक भट्टराईमै सर्वाधिकार रहेको यस पुस्तकको मुद्रण सर्वश्री क्वालिटी प्रिन्टर्स, बनेपामा भएको छ । यसको आवरण इन्दु पन्तको छ । आवरणमा नीलो पृष्ठभूमि छ र रूख, हवाईजहाज, पूmलका बोटलगायतका कुरा छन् र बीचमा यस कथाको कथानकसँग मिल्दोजुल्दो भएर हुनसक्छ बेहुलाबेहुली देखाइएको छ । रूखमा मानिसको आकृति देखाइएको हुँदा यसलाई अमूर्त कलाका रूपमा लिन सकिन्छ । माथि ठूलो अक्षरमा पुस्तकको शीर्षक ‘मञ्जरी’ र त्यससँगै कोष्ठकमा खण्डकाव्य भनिएको छ । तल काव्यकारको नाम राखिएको छ ।
पृष्ठ आवरणमा नामसहित लेखिकाको फोटो राखिएको छ, यस पृष्ठमा पुस्तकका भूमिका लेखकहरू प्राडा.हेमनाथ पौड्ल, प्राडा.देवी नेपाल तथा महेश पौडेलका भनाइ राखिएका छन् । तल प्रकाशक संस्थाको लोगोसहित नाम उल्लेख भएको छ र उक्त प्रकाशनको यो ४१औं कृति हो भनेर ४१ अंक उल्लेख गरिएको छ । भूमिका खण्डमा सुरुमा पेरोल साहित्य प्रतिष्ठानका तत्कालीन अध्यक्ष बी.के.पाल्पालीको तर्फबाट पहिलो संस्करणको प्रकाशकीय रहेको छ भने त्यसपछि दोस्रो संस्करणको प्रकाशकीय छ । त्यसपछि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व काव्य विभाग प्रमुख प्राडा.हेमनाथ पौडेलको ‘हार्दिक शुभकामना’ रहेको छ ।
त्यसपछि प्राडा.देवी नेपालको ‘नारी संवेदनामा, करुणा र जागृतिको त्रिवेणी ‘मञ्जरी’ खण्डकाव्य’ शीर्षकको लामो विश्लेषणत्मक भूमिका रहेको छ । त्यसपछि महेश पौडेलको ‘खण्डकाव्य ‘मञ्जरी’ र रूपान्तरणको सन्देश’ शीर्षकको भूमिका छ । अनि लेखिकाको ‘मेरो भनाइ’ रहेको छ । यसपछि ‘समर्पण’ रहेको छ र यसमा ‘ती आमा र दिदीबहिनीहरूमा जसले स्वअस्तित्वको लडाइँ लडिरहेछन् युग परिवर्तन गर्न’ भनिएको छ । यसपछि यस खण्डकाव्यको कथानक सुरु हुन्छ । आरम्भमा मञ्जरीको बाल्यकालको वर्णन गरिएको छ । त्यसपछि उसको विवाहको विश्लेषण छ भने त्यसपछि उसको लोग्नेको मृत्युको खबर आउँछ । अनि उसलाई समाजले बोक्सीको आरोप लगाउन थाल्छ । मञ्जरीमाथि शारीरिक रूपमा यातना दिन थालिन्छ । ऊ एकान्त वनमा बसेर आफ्ना विरहका भावना गीतका माध्यमबाट व्यक्त, गर्छे । अन्त्यमा उसको पुनर्विवाह हुन्छ ।
१९२ श्लोकमा लेखिएको यस खण्डकाव्यमा बालविवाह भएर सानै उमेरमा विधवा बन्न पुगेका बालिका तथा युवतीहरूको पुनर्विवाह समाजका सबै तप्काको प्रयासबाट गरिदिने परिपाटीको विकास हुनुपर्छ भन्ने मुख्य सन्देश यस खण्डकाव्यले व्यक्त गर्न चाहेको छ । प्रगतिवादी चिन्नतनबाट डोहोरिएको यस खण्डकाव्यले उठान गरेको विषय पनि यही नारी जागरण नै हो । यसको समग्र समालोचना यहाँ सम्भव नहुने भएका कारण अहिलेका लागि सामान्य संकेतमात्र गरिएको छ । पुस्तकका अन्त्यमा पेरोल साहित्यि प्रतिष्ठान नेपालद्वारा प्रकाशित ४० वटा पुस्तकको शीर्षक, विधाल प्रकाशन साल र कृतिकारको नामसमेत खुलाएर दिइएको छ । त्यसपछि लेखिका रेणुका भट्टराईको परिचय दिइएको छ । पुस्तकका लागि लेखिकालाई बधाई छ र अन्य पुस्तकहरूका लागि पनि अग्रिम शुभकामना पनि ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा