काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ को गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । अनु चौधरीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । यही कात्तिक २२ गते छठ पर्वको दिनदेखि सिनेमाघरमा आउन लागेको यो चलचित्रको गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । सार्वजनिक आइटम गीत ‘टिमिक्कै चोली’ मा मोडल अलिशा शर्माले नृत्य गर्नुभएको छ । नवीन भट्टको डेब्यु निर्देशन रहेको चलचित्रको गत साता शीर्ष गीत सार्वजनिक गरिएको थियो ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो । नितिश पुन सहनिर्माता रहेको यो चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ ।
चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायतका कलाकारको अभिनय छ । जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त शिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको यो चलचित्रलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा