काठमाडौं । कामना सेवा विकास बैंकको १८औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । बुधबार बैंक सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले सात प्रतिशत बोनस सेयर तथा पाँच प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको हो ।
साथै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत पनि पारित गरेको बैंकले जनाएको छ ।
त्यस्तै सय रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक नौ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावसमेत पारित गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts