हेटौंडा। करिब ३ वर्ष देखि हेटौंडा-२ चौकीटोल स्थित वृद्धा आश्रममा आश्रय लिँदै आएकी मानसिक सन्तुलन गुमाएकी एक महिलाको उपचारको जिम्मा सिआन पुनस्र्थापना केन्द्रले लिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका स्थायी निवासी एक मानसिक सन्तुलन गुमाएकी महिलालाई वृद्धा आश्रमबाट सिआन महिला पुनर्स्थापना गृहमा सारिएको हो । मानसिक सन्तुलन गुमाएकी ती महिलाले कुनै उपचार पाएकी थिइनन् । मनहरी गाउँपालिकाको समन्वयमा हेटौंडा–९ लामसुरे हाइटस्थित सिआन महिला पुनस्र्थानपना गृहमा उनको उपचारको व्यवस्था मिलाइएको हो ।
मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसंग समन्वय गरी बुधबार उनलाई उपचारमा राखिएको छ । सानैदेखि मानसिक अवस्था ठिक नभएकी उनलाई परिवारमा रेखदेख र हेरचाह गर्ने कोहि नभएपछि आश्रममा लगेर राखिएको परिवारको एक सदस्यले बताउनुभयो ।
मानसिक सन्तुलन ठिक नभएकै कारण परिवारले नै आश्रममा छोड्न आएपछि आश्रमले मानवताको हिसाबले बाध्य भएर वृद्धा आश्रममा राख्न परेको आश्रमका सहसचिव विष्णुलाल श्रेष्ठको भनाइ छ । मानसिक सन्तुलन गुमाएकी मुनाले दिसापिसाबसमेत ओछ्यानमै गर्ने उनले केही समय औषधि खुवाउदा केहि हदसम्म व्यवहारमा सुधार आएको थियो । ‘औषधि खुवाएपछि अत्याधिक भोक लाग्यो भन्न थालेपछि परिवारसंग सल्लाह गर्दा परिवारले औषधि खुवाउनु पर्दैन यतिकै राख्दिनुस् भनेपछि अहिले एक महिना भयो हामिले औषधि खुवाउन बन्द गरेका छौँ’ श्रेष्ठले भन्नुभयो ।’
जन्मजातै यस्तै रहेको र आफुहरु जागिरे भएको कारण हेरविचार गर्ने मानिस नभएर आश्रममा छोड्न आएको भनेपछि आश्रमले मानवताको नाताले पनि राख्न बाध्य भएको सहसचिव श्रेष्ठको भनाइ छ । उनलाई खाना अड्कलेर दिएन भने जतिपनि खाने भएको कारण एकजनाले उनलाई नै हेर्ने गरेको उहाँले बताउनुभयो ।
परिवारले औषधि नगर्नु भनेपछि परिवारको सल्लाह बिना उनको उपचार गर्दा डाक्टरले औषधि लामो समय खुवाउन पर्ने सल्लाह दिएको बताइएको छ । उमेर र स्वास्थ्यको हिसाबले उनलाई आश्रममा राख्न नमिल्ने र बाध्यताले नै राखिएको उहाँले बताउनुभयो ।
सियान पुर्नस्थापना केन्द्रका संचालक सौजन डिसिले ६ महिनामा औसधि उपचार गरि केहि सुधार आउने विश्वास लिएको बताउनुभएको छ । केही समय अगाडि पनि मानसिक अवस्था ठिक नभएको बिरामी ल्याइ उपचार पश्चात निको पारेको बताउदै तत्काल उपचार प्रक्रिया अगाडि बढाइ निको बनाइ परिवारको जिम्मा लगाउने प्रतिबद्धता जनाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts