चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले थिएटरमा यस्तो पात्रहरुको भुमिका निभाएपनि चलचित्रमा पहिलो अनुभव रहेको बताउनु भयो । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताउनु भयो । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको बताउनु भयो ।

चलचत्रिमा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?