
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार रहेको बताउनु भएको छ ।
६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार झण्डै दुईतिहाइको भएकाले तत्काल परिवर्तनको सम्भावना नरहेको बताउनु भयो ।
आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।
उहाँले अहिलेको संविधान र प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गर्नुभयो । उहाँले प्रहरीसम्बन्धी कानून छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने बताउनु भयो ।
'एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्छ। तर चुनावका माध्यमबाट । अलोकतान्त्रिक विधि र अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा गर्न आवश्यक छैन,' प्रधानमन्त्री ओलीले भन्नुभयाे, 'भन्न चाहन्छु । म सबैलाई आश्वस्त गर्न चाहन्छु। कुनै प्रकारका भ्रमहरूको पछि नलागौं।'
समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशन र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुति देखाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच