प्रभु क्यापिटलको आजीवन डिम्याट खाता योजना

Read Time = 2 mins

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा विशेषता थप गरी प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौँ तथा बीमाको समेत सुरक्षा पाऔँ भन्ने नारासहित ९९९ आजीवन डिम्याट खाता योजना सार्वजनिक गरेको छ ।

हकलाई वार्षिक डिम्याट नवीकरणको झन्झटलाई राहत दिन कम्पनीले यस्तो योजना ल्याएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष एक सय रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ, अन्यथा खाता फ्रिज हुने समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्या समाधानका लागि कम्पनीले नयाँ योजना ल्याएको हो ।

ADVERTISEMENT

यस योजनामा हितग्राहीले एकपटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै एक वर्ष अवधिमा एक लाख बराबरको दुर्घटना बीमा सुविधासमेत पाउने कम्पनीले जनाएको छ । यो योजनाले सक्रियरूपमा पँुजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणको झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीनरूपमा भित्र्याउन सघाउ पुर्‍याउने कम्पनीको विश्वास छ ।

यो डिम्याट खाता देशविदेशमा रहने नेपालीले स्वयं उपस्थित रहेर खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाइसीसहित खोल्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज