सर्लाही । सर्लाहीको बसबरिया गाउँ पालीका ६ पोखरीया टोलमा अटोमा साढे गोरु ठक्कर खाई अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जान घाइते भएका छन् ।
हिरापुरबाट मदनपुर तर्फ जाँदै गरेको म प्र ०२–००१स ३०३० नं. को अटोमा साढे गोरुले ठक्कर दिदा अटो अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको र छ जान घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार कविलासी नगरपालिका ३ बस्ने ३९ वर्ष को भुव नारायण राय यादवको प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा उपचारको मृत्यु भएको छ ।
बारा कलैया उपमहानगर पालिका १ बस्ने ३० वर्षको गोबिन्द रामको टाउको, खुट्टामा चोट लागेको छ भने रामको श्रीमती २५वर्षकी नितु राम टाउकोमा चोट लागेको छ । पर्सा वीरगंज महानगर पालिका २६ बस्ने अं. वर्ष ३२ को सन्तोष पटेलको दाहिने खुट्टामा चोट लागेको छ । काठमाडौं चन्द्रगिरी नगरपालिका २ बस्ने रिना परियारको बाँया खुट्टा र बाँया हातमा चोट लागेको छ ।
सिराहा लाहान नगरपालिका १८ बस्ने वर्ष २८ वर्ष की लक्ष्मि पटेलको टाउको बाँया हातमा चोट लागेको छ भने भारतीय नागरिक समेत त्यस अटोमा सयर र्गदा घाईते भएका छन । भारत बिहार छपरा जिल्ला बस्ने १७ वर्षय सोलोनी यादवको शरिरको भित्री भागमा चोट सवै घाईतेको प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा सामान्य उपचार पश्चात विरगंज रिफर सर्लाही प्रहरीले जनाएको छ ।







Breaking news with related posts