पाल्पा । दसैं मनाएर बुटवल फर्कदै गरेका यात्रुहरु बोकेको गाडी पाल्पामा दुर्घटना भएको छ ।
गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४९६८ नम्बरको इभी गाडी आज दिउँसो जिल्लाको तानसेन नगरपालिका –१ नारायणडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गुल्मीको मालिका गाउँपालिका– ५ का १५ वर्षीय थमन बहादुर कार्की, सोही ठाउँकी ३३ वर्षीया करिस्मा कार्की, २६ वर्षीया सिर्जना घिमिरे, ३० वर्षीय ज्ञानेन्द्र गिरी र ५६ वर्षीया निमा गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते ५ जनाकै अवस्था सामन्य रहेको छ । उनीहरुलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको छ ।
गाडी आफै अनियन्त्रीत भई सडकको दाँया साईडको भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । गाडीमा १३ जना सवार रहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।







Breaking news with related posts