झापा । झापा अर्जुनधारा नगरपालिका ३ जुङगेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियार प्रहार गरी आज दिउँसो ३ः५० बजेको समयमा ३७ वर्षीया श्रीमती ३७ मुना चौहानको हत्या गरेका छन् ।
दिउँसो साढे ३ बजेतिर श्रीमतीको हत्या गरी फरार वीरबहादुर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले जुकेखाडी जंगलबाट साँझ ५ बजे पक्राउ गरेको छ ।
स्थानीय दार्जिलिङ डाँडास्थित भरत कुमालको घरको आँगनमा वीरबहादुरले गर्धनमा धारिलो हतियार प्रहार गरी श्रीमती मुनाको हत्या गरेका थिर। श्रीमतीको हत्या गरेर फरार भएका वीरबहादुर जुकेखाडी जंगलमा लुकेको अवस्थामा उनी पक्राउ परेको इप्रका बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताउनुभयो ।
मुनाको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको अस्थायी प्रहरी चौकी खुदुनाबारीलेजनाएको छ । वीरबहादुरलाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दाउ ९ बामफोक ० र अर्को एउटा धारिलो हतियार समेत बरामद गरेको छ ।
घटनाका बेला श्रीमान श्रीमती दुवैजनाले मादकपदार्थ सेवन गरेका थिए । घरायसी झगडाका कारण वीरबहादुरले मुनाको हत्या गरेको प्रारम्बीक अनुसन्धानबाट खुलेको छ। पहिलाको श्रीमानलाई छोडेर मुनाले वीरबहादुरसँग दोस्रो गरेकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी रहेको खुलेको छ ।







Breaking news with related posts