काठमाडाैं । महाराष्ट्रका पूर्व मन्त्री र अजित पवारको पार्टी राष्ट्रवादी कांग्रेसका वरिष्ठ नेता बाबा सिद्दिकीको पार्थिव शरीरलाई आइतबार साँझ मुम्बईको बडा कब्रिस्तानमा राज्य सम्मानका साथ दफन गरिएको छ ।
बाबा सिद्दिकीको अन्तिम यात्रा अघि उनको घरबाहिर ‘नमाज–ए–जनाजा’ पढाइएको थियो । उनकाे अन्तिम यात्रामा हजारौं मानिस आएका थिए ।
यसैबीच, यस मामिलामा अन्य दुई आरोपी शुभम लोन्कर र उनका २८ वर्षीय भाइ प्रवीण लोन्करलाई पुणेबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रवीण लोन्करले भाइ शुभम लोन्करसँग मिलेर सिद्दिकीको हत्या गर्ने षड्यन्त्र गरेको बताइएकाे छ । प्रवीण लोन्करले यस षड्यन्त्रमा धर्मराज कश्यप र शिवकुमार गौतमलाई सामेल गरेका थिए ।
धर्मराज कश्यप र गुरमेल सिंह प्रहरी हिरासतमा छन् । तेस्रो अभियुक्त शिवकुमार फरार छन् भने चौथो अभियुक्त मोहम्मद जिशान अख्तरले अन्य तीनजनालाई निर्देशन दिएको बताइएको छ ।
बीबीसी हिन्दीबाट साभार







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता