हेटौंडा । हेटौंडामा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्ला बारा निजगढ नगरपालिका १ बस्ने वर्ष ९ की बालिका र मकवानपुर हेटौडा - १६ बस्ने वर्ष अन्दाजी ७ की बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो १ बजेको समयमा हेटौंडा-१६ चिसापानीबाट २०० मि. पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ११ के.भी. पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानीमा विद्युत प्रवाह हुन गई दुई बालिकाको मृत्यु भएको हो।
बालिका हिडिरहेकोमा अचानक पानीमा टेक्न पुगी करेन्ट लागेर बेहोस भएका थिए। दुबै घाईते बालिकालाई उपचारको लागी हेटौडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा १स्३५ को समयमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।







Breaking news with related posts