
भोजपुर । दशै लगायतका चाडपर्वमा गरिने फजुल खर्च कटाएर एकै परिवारका चार सदस्यले भविष्यका लागि जिवन बिमा गराउनु भएको छ ।
भोजपुर र खोटाङ सिमाना नजिकै रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्वर ६ का एकै परिवारका रमेश खडका, बिनोद खडका, बिशन खडका र सुमन खडकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भोजपुर मार्फत बिमा गराउनु भएको हो ।
घातक रोग, दुर्घटना, अपांगता जस्ता सुबिधा सहितको बिमा खडका परिवारले गराउनु भएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भोजपुर शाखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो ।
भविष्यका लागि बिमा गराउन पाएकोमा खडका परिवार पनि खुशी देखिनु हुन्छ । नेपाली सेनामा कार्यरत सुमनले भन्नुभयो, “हामीले अनावश्यक खर्च कटाएर पनि चाडपर्व मनाउन सकिन्छ भन्ने सन्देशका लागि पनि बिमा गरेका हौ ।” बिमाले बर्तमान र भविष्य दुवैका लागि मद्धत पुर्याउछ ।
फजुल खर्च कटाएर गरिने बिमाले आर्थिक क्रान्तिमा समेत सहजता हुने बताउँदै प्रभ्ु महालक्ष्मी लाइफ इन्स्योरेन्स भोजपुर शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, “भविष्यका लागि पनि बिमा प्रभावकारी हुने भएकाले बिमाका बिषयमा गाउँघरमा पनि बुझाउँन जरुरी रहेको छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच