पत्रकार गौतमले खिचेको पुलहाश्रमको फोटोले जित्यो रु एक लाख रासीको पुरस्कार

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको खुल्ला फोटो प्रतियोगितामा पत्रकार हरिकृष्ण गौतमले खिचेको बेनी नगरपालिका-५ मा अवस्थित पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको फोटोले रु एकलाख रासीको पहिलो पुरस्कार जितेको छ ।

म्याग्दीको प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धनका लागि आयोजित प्रतियोगितामा गौतमको फोटोले रु एक लाख राशीको पहिलो पुरस्कार जितेको हो ।

मोना अष्ट्रेलियाको सचिवालद्धारा सार्वजनिक गरेको नतिजामा प्रतियोगि नं २०० मा दर्ता भएको गौतमले खिचेको पुहलाश्रमको फोटो प्रथम भएको मोना खुल्ला फोटो प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

विजेता गौतमले लिएको उक्त फोटामा पुलहाश्रम, सदरमुकाम बेनीबजार, म्याग्दी र कालिगण्डकीको संगमस्थल,पर्वत जिल्लाका जलजला गाउँपालिका समेटिएको थियो । प्रतियोगिताका बिजेता गौतमले प्रथम पुरस्कार सहित फोटोमा लाईक, कमेन्ट र इङ्गेजमेन्ट वा रिचमा समेत अन्य प्रतियोगिलाई जित्नुभएको हो ।

त्यस्तै प्रतियोगितामा बेनी नगरपालिका-९ तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबारमा रहेको पदमार्ग सहितको दृष्यावलोकन गर्ने स्थानको फोटोले रु ५० हजार राशीको दोस्रो पुरस्कार हात पारेको छ ।

ADVERTISEMENT

त्यस्तै रघुगंगा गाउँपालिका-३ पिप्लेका भविन्द्र शाहीले खिचेको स्थानीय भगवती मन्दिरको फोटोले तेस्रो स्थान प्राप्त गरेको छ । मोना अष्ट्रेलियाले आफ्नो फेसवुक पेजबाट सार्वजनिक गरेको विविरण अनुसार प्रतियोगितामा सहभागी घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, देवी जिसीको मालिकाधुरीको फोटोले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालको ताकम स्थित हनुमान मुर्तिको फोटोले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरको फोटोले मोष्ट शेयर अवार्ड, धनबहादुर श्रीषको बोयर बोकाको फोटोले मोष्ट रिच अवार्ड, असिम चिखालको अन्नपूर्ण प्रथम हिमालफेदीको हिमतालको फोटोले मोष्ट लाईक अवार्ड जितेका छन ।

त्यस्तै बागलुङका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले च्याम्बर अवार्ड जितेको छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार र विभिन्न विधाका बिजेताले ५ हजार तथा च्याम्बर अवार्ड विजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने मोना खुल्ला फोटो प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

“प्रतियोगितामा आर्टिफिसीयल तरिकाले गरिएका कार्यहरू भएपनि स्वच्छ रुपमा अगाडी बढेका प्रतियोगिहरू धेरै हुनुहुन्थ्यो” मोनाको अध्यक्ष इन्द्र थापा मगरले भन्नुभयो । उहाँले सामजिक सञ्जाल फेसबुकको प्लेटफर्म प्रयोग गरी म्याग्दी जिल्लामा पर्यटन प्रर्बधन गर्न सकिने क्षेत्रको पहिचानमा सघाउने इभेन्ट पार्टनर शैक्षिक परामर्शदाता स्टुडेन्ट भ्वाइब्स लगायत म्याग्दीका सरोकारवाला निकायलाई समेत धन्यवाद दिनुभयो ।

नतिजा सार्वजनिक कार्यक्रममा मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष एवम् सल्लाहकार मुक्ति रोका, महासचिव दिनेश केसी, जुरी संयोजक बिशाल पौडेल, मोना भलिबलका टिम क्याप्टेन पारस भण्डारी, सदस्यहरू मुक्ती सुबेदी, टिका रोका, सन्तोष महत, अनिल बानियाँ, कुशल पौडेलको उपस्थिती रहेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यस प्रतियोगिताको नतिजा सार्वजनिकसँगै जिल्लाको पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज