झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिजाप्रसाद कोइराला शान्तिका पक्षमा सतिसाल झैँ उभिएकै कारण मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनु भएको छ । मुलुकलाई शान्तिको मार्गमा डोहोर्याउन नै गिरिजाप्रसादले सहमति, सहकार्य र एकताको दृष्टिकोण अंगिकार गरेको स्पष्ट समेत पार्नुभयो ।
"कोइराला शान्तिको पक्षमा ठिङ्गो उभिने एक्लो सतिसाल हुनुहुन्थ्यो " गृहनगर धुलाबारीमा निर्माण भएको गिरिजाप्रसाद कोइराला समाकक्षको उद्घाटन तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भन्नुभयो," गिरिजाप्रसाद कोइरालाले समातेको शान्तिको त्यही मार्गले उहाँ साझा व्यक्तित्व बन्नुभयो।"
महामन्त्री शर्माले गिरिजाप्रसाद कोइरालालाई आमनेपालीले साझा व्यक्तित्वको रुपामा स्वीकार स्मरणसमेत गर्नुभयो । " गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दैगर्दा इकोनोमि र शान्ति प्रक्रिया बिर्सन हुँदैन " उहाँले भन्नुभयो, गिरिजाप्रसाद कोइरालालाले उठाएको शान्तिको झण्डाकै कारण वर्तमानको उपलब्धी सम्भव भएको हो ।"
विकासका लागि गोजीबाट कसैले पैसा नहाल्ने बताउनु भएको शर्माले सहमति र सहकार्य जरुरी भएकोमा जोड दिनुभयो । स्पिरिड अनुसार सबैलाई गाँसेर जानू पर्ने धारणा राख्नु भएको महामन्त्री शर्माले गिरिजाप्रसाद इकोनोमिका कारण देश विजुली बेच्न सक्ने अवस्थामा पुगेको चर्चा गर्नुभएको । गिरिजाप्रसाद कोइरालाले लिएको नीतिकै कारण शिक्षा, स्वास्थ्यसँगै अहिलेको प्रगतिको जग बसेको दाबी गर्नुभयो ।
उहाँले बिपी कोइराला, गणेशमान सिंह, सुशील कोइला, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी, सुवास नेम्वाङ, राणा प्रधानमन्त्री चन्द्रशम्सेर लगायतका नेता र व्यक्तिको त्याग तथा योगदानलाई मुलुकले भुल्न नसक्ने बताउनुभयो । अहिलेको नेतृत्वले मुलुकका लागि धेरै गरेको अब त्याग्न गर्न बाँकी रहेको शर्माको भनाइ छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई , संविधानसभा सदस्य उषा गुरुङ , कांग्रेस महासमिति सदस्य रामबहादुर कट्टेल, कांग्रेस झापा उपसभापति केशवराज पाण्डे , माओवादी केन्द्रका कोशी प्रदेश सदस्य प्रकाश भण्डारी , कांग्रेस मेचीनगर सभापति सुवेश पनेरु, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल , नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, भानु प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरे लगायतले बोलेका थिए ।
उनीहरूके सरकार गठनको बेला कांग्रेस - एमालेले सार्वजनिक गरेको सात बुँदे साझा कार्यक्रम तुहिने अवस्था सिर्जना भएको बताए । उनीहरूले रुपान्तरणका पक्षमा कांग्रेस र एमाले उभिन नसकेको असन्तुष्टि समेत व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले सभाकक्ष निर्माणमा ३७ लाख बढी खर्च भएको जानकारी दिनुभयो । ३१ लाख २७ हजार सहरी विकास मन्त्रालय र ६ लाख जनश्रमदानबाट बेहोरिएको बताउनुभयो ।







Breaking news with related posts