
काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदैछ ।
इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । इजिकेलले किक बक्सिङको ७०-७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउनुहुनेछ ।
इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उहाँहरू बुधबार जर्मनी प्रस्थान गर्नुहुनेछ ।
टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहनुभएका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जित्नुभएको थियो । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच